दशैँअघि ‘फोर जी’ चलाउने तयारी


नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिने भएको छ ।

नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा शुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताए । उनले भने, “हामी सुदूरपश्चिमभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौँ, सम्भवतः दशैँअगावै सेवा विस्तार हुनेछ ।” आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पु-याउने सरकारी लक्ष्यअनुसार डोटीको दिपायल तथा सिलगढीमा पनि तीव्ररूपमा काम भइरहेको निमित्त प्रमुख चौधरीले जानकारी दिए ।

दिपायल टेलिकमले ‘फोर जी’ सेवा शुरु हुने बीटीएस टावरमा एन्टेना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको जनाएको छ । दिपायल, राजपुर, पिपल्ला र सिलगढीमा उक्त सेवा सुचारु भएपछि अन्य क्षेत्रमा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको बताइएको छ । ‘फोर जी’ सेवा शुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेमा यहाँका स्थानीयवासी निकै खुशी भएको जगत पुस्तक भण्डारका सञ्चालक खडकविक्रम शाहीले बताए ।

उहाँले भन्नुभयो, “‘फोर जी’ सेवा शुरु भएपछि इन्टरनेट चलाउनेलाई राम्रै हुनेछ, यो खुशीको कुरो हो ।” ‘फोर जी’ सेवालाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । यो सेवा थ्रीजी सेवाभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको इन्टरनेट प्रविधि भएको टेलिकमका प्राविधिकहरु बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबीपीएस) भन्दामाथि हुने गरेको प्राविधिकहरु बताउँछन् । ‘फोर जी’ सेवाका ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्ने टेलिकमका निमित्त प्रमुख चौधरीले बताए ।

उहाँले भन्नुभयो, “‘फोर जी’ उच्च गतिको इन्टरनेट सेवा हुने भएकाले प्रयोगकर्ताले अहिले चलाइरहेको इन्टरनेटभन्दा केही महँगो रकम तिर्नुपर्ने हुन्छ, इन्टरनेट सुविधा राम्रो छ ।” फोर जी राउटरबाट कम्प्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिने व्यवस्था भएको टेलिकमले जनाएको छ । ‘थ्री जी’ प्रविधिमार्फत ‘भीओडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । सात दशमलव दुई ‘एमबीपीएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकम कार्यालयले जनाएको छ ।

अहिले नेपाल टेलिकमले कैलाली, कञ्चनपुरलगायतका अन्य जिल्लाहरुमा रहेका टावरमा समेत फोर जी सञ्चालनका लागि तीव्ररूपमा काम गरिरहेको र उक्त काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । यसभन्दा पहिले फोर जी सेवा काठमाडौँ, पोखरालगायतका शहरहरुमा मात्र शुरु गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

काठमाडौं : विदेशमा कमाइ हुने आशाले विदेश जानका लागि चार वर्षसम्म भौतारिनु पर्दा नमिठो हण्डर

काठमाडौं : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने

कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको

जनकपुरधाम : पुस्तौँ देखि भोग चलन गर्दै आएको गाउँब्लकको जग्गा निर्वाचन आयोगको एक अधिकृतले पद

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनफिङको भारत भ्रमणको मिति तय नहुँदा नेपाल भ्रमणको मिति पनि

परासी : श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ

जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई

दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य