इराकी सिया प्रार्थनास्थलमा भागदौड मच्चिँदा ३१ को मृत्यु


एजेन्सी : इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको इराकी अधिकारीले जनाएका छन् । उक्त घटनामा भागदौडका क्रममा कम्तीमा १०० जना घाइते भएका पनि बताइएको छ ।

“सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बग्दादबाट करिब १०० किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको मृत्यु भएको छ भने कम्तीमा १०० जना घाइते भएका प्रारम्भिक जानकारी आएको छ,” इराकी प्रहरीलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैयफ अल–बादरले बताए ।

घटनास्थलबाट केही धर्माबलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको जनाउँदै घटनामा मृत्यु हुनेको सङ्ख्या केही बढ्नसक्ने उनले बताए । कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक बर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा

काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।