निर्वाचनपूर्व इजरायली प्रधानमन्त्री नेतन्याहु रूस भ्रमण गर्ने


एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी साता रूसको भ्रमण गर्ने उनको कार्यालयले मङ्गलबार जनाएको छ । नेतन्याहुको रूस भ्रमण सेप्टेम्बर १७ मा हुने निर्वाचनमा आफ्नो नेतृत्वका लागि रूसी समर्थन लिन हुन लागेको इजरायली विश्लेषकहरूले बताएका छन् । नेतन्याहु रूसको सोचीतर्फ आगामी बिहीबार जाने कार्यक्रम तय भएको र त्यहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेने अपेक्षा गरिएको छ ।

निर्वाचन आउन केही हप्ता बाँकी रहँदा रूस भ्रमण गरेर आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउने उद्देश्यसहित त्यसतर्फ जान लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने र अर्को पटकसमेत इजरायललाई नेतृत्व गर्ने सोचमा रहेका नेतन्याहुले इजरायली इतिहासमा सवैभन्दा लामो समय प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन ।

उहाँले आफ्ना प्रतिस्पर्धी राष्ट्रवादी इजरायल बेटेनु पार्टीका अभिडोर लिवरम्यानको प्रभाव क्षेत्र रहेको मानिने पूर्व सोभियत संघबाट इजरायल आई बसोबास गरेका मतदातालाई प्रभावित पार्न रूसको भ्रमण गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति पुटिन साथै विश्व नेताहरूसँग आफ्नो असल सम्बन्ध रहेको र इजरायललाई आफ्नो आवश्यकता पुष्टि गर्ने दाउका रूपमा विश्लेषकहरूले हेरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुले रूसी राष्ट्रपतिसँग सिरियामा इरानका गतिविधिबारे छलफल गर्ने र इजरायल तथा रूसबीचको सम्बन्ध विस्तारका लागि हुने बताएका उनको कार्यालयले जनाएको छ । इजरायलले इरानी हेजवुल्ला समूहलाई लक्षित गरी सिरियामा सयौँ हवाई आक्रमण गरिसकेको र सिरियामा इरानी उपस्थितिविरूद्ध सङ्घर्षरत रहेको बताउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा

काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।