पाइपलाइट उद्घाटनपछि मोदीको नेपालीमा ट्वीट



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल र भारतबीचको तेल पाइपलाइनले सबै खुशी भएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फेरेन्समार्फत बहुप्रतिक्षित अमलेखगञ्ज पाइपलाईको उद्घाटन गरेका थिए । उद्घाटनपछि मोदीले नेपाली भाषामा ट्वीट गर्दै उस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले मंगलबार टवीटमार्फत् दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाईनको उद्घाटन भएको र पाइपलाईनले सबै खुशी हुने समेत बताए ।

‘तपाईंहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धाति समयभन्दा धेरैअघि नै सम्पन्न भयो,’ मोदीले ट्वीटमा भनेका छन्, ‘मोतिहारी अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझै सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस्