इन्जिनियरबाटै किशोरी बलात्कृत



बैतडी : किशोरीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौली नगरपालिकामा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन् । सब इन्जिनियर पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ परेका हुन् ।

मंगलबार साँझ किशोरीका आफन्तले चन्द विरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए ।

किशोरीको स्वास्थ्य परीक्षणको काम भइरहेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्