संस्कृतिविद् जोशीको तस्वीर अंकित २५ सयको सिक्का सार्वजनिक



काठमाडौं : नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सय, हजार र २५ सय दरका सिक्का सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जोशीको जन्म शताब्दीको अवसर पारी ती सिक्का सार्वजनिक गरेका हुन् ।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि प्राप्त गरेका जोशीले विगत चार दशकदेखि विभिन्न नेपाली नोटमा अंकित चित्रहरुको सांगोपाँगो अध्ययन गरी राष्ट्र बैंकलाई दिँदै आएका थिए । सोही सुझावको कदर स्वरुप राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले बैंकको शुद्धीकरणमा जोशीले पुर्याएको योगदानको कदर गरी राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको स्पष्ट पारे । ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो । नयाँपत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्