‘निल काँडा’को छायाँकन सुरु



काठमाडौं : निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र ‘निल काँडा’ को गएको सोमबार पूर्वको विर्तामोडबाट शुभ मुहर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको छ ।

मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भई रहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन), रिस्ता बस्नेत, नब नायक दिपक तिवारी, नब नायिका तेजश्वनी बास्कोटा, उमा बेबी, विक्रान्त गिरि, श्याम चौधरी, याम खरेल लगात कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथामा तेजश्वनी बास्कोटाको संबाद र पटकथा दिनेशराज शर्मा रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस चलचित्रमा नब नायक दिपिक तिवारी यस चलचित्रबाट नायकका रुपमा डेब्यु गर्दै छन् । उनी लामो समय देखि अमेरिकामा बसोबास गर्दै आईरहेका छन् । यस चलचित्रमा मुख्य साहयक निर्देशन समेत स्वयम् तिवारीले नै गर्दै छन् ।

चलचित्र आउँदो मङ्सिर १५ गते को दिन देखि प्रदर्शन मा आउने निर्माता मुना पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्