वाइडबडी प्रकरण : ‘भार घटाएको पैसा तिराउनू’


काठमाडौं : नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।

निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि खरिद सम्झौता गरेको थियो। दुवै जहाज २ सय ३० टनका ल्याइएका थिए। १२-१२ टन कम क्षमताका विमान लिँदा भएको मूल्यअन्तरबराबरको रकम फिर्ता गराउन समितिले सरकारलाई भनेको हो।

नत्र कूटनीतिक नियोगको सहयोगमा भ्रष्टाचार उजुरी प्रक्रिया अगाडि बढाउन भनिएको छ। साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ।

खरिद प्रक्रियामा सुरुबाटै त्रुटि भएको निष्कर्ष निकालिएको छ। प्रक्रियागत त्रुटिमै ऋण प्रवाह भएको पनि समितिको प्रतिवेदनले औंल्याएको छ। १ अर्बभन्दा बढीको ऋण लगानी गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई विज्ञको परामर्श लिन सुझाव दिइएको छ। निगमले दुवै कोषबाट २४ अर्ब ऋण लिएर एयरबसका २७४ सिट क्षमताका ए ३३०–२०० वाइडबडी खरिद गरेको थियो। पुरानो खरिद गर्न मागिएको प्रस्तावबाट नयाँ किन्नु प्रक्रियागत त्रुटि भएको प्रतिवेदनमा उल्लेख छ। संसद्कै सार्वजनिक लेखा समितिले यस्तै प्रकृतिको प्रतिवेदन सार्वजनिक गरेको थियो।

पछिल्लो प्रतिवेदन पाँच महिनापछि वेबसाइटमार्फत सार्वजनिक गरिएको हो। पवित्रा निरौला सभापतित्वको समितिले जहाज खरिद अध्ययन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिले बुझाएको प्रतिवेदन समितिले लुकाएको आरोप लागेको थियो। सांसद दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराती सदस्य छन्।

महालेखापरीक्षकले औंल्याएका कमजोरी, सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको प्रक्रिया पूरा नगरेको तथा खरिद ऐन मिचेर जहाज किनेको विषय, ऋणदाता दुवै कोषसँग छलफल र उपयुक्त तथ्यका आधारमा निष्कर्ष निकालिएको प्रतिवेदनमा उल्लेख छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमले दिएको जानकारी र पुष्टि भएसम्मका तथ्यलाई आधार बनाएको जनाइएको छ।

लेखा समितिले ४ अर्ब अनियमितता भएको प्रतिवेदन तयार गरेको थियो। लेखाको सिफारिस सरकारले कार्यान्वयन गरेन। बरु अर्को उच्चस्तरीय समिति गठन गरिएको थियो। त्यसले अध्ययनै गरेन।

महालेखाले औंल्याएका प्रक्रियागत कमजोरी पुष्टि गर्ने प्रयास उपसमितिले गरेको छ। तर, विषयगत दक्षता नभएको, विज्ञ र अध्ययन सामग्री अभाव देखाएर अपेक्षाअनुसार गहिराइमा पुग्न नसकिएको उल्लेख छ। प्रतिवदेनअनुसार निगमले रीत नपुगेको प्रस्ताव स्वीकार गर्नु पहिलो त्रुटि हो। त्यसपछि पनि जहाज बेच्ने प्रस्ताव गर्ने एएआर इन्टरनेसनल र हाईफ्लाई पोर्चुगलसँगको सम्झौता रीतपर्वूक नभएको उल्लेख छ।

जहाज बेच्ने कम्पनीको संयुक्त प्रस्ताव नआउनु तर पछि संयुक्त बनाइनु, बोलपत्र पेस गर्दा एयरबसले हाईफ्लाई पोर्चुगललाई सम्झौता वा अख्तियारी नदिनुलाई पनि अनियमितताको आधार मानिएको छ। खरिद प्रक्रियामा एआरआर, हाईफ्लाई एरोज पोर्चुगल, हाईफ्लाई एक्स आयरल्यान्ड, जर्मन एभिएसन क्यापिटल जीएमबीएच, रोल्स रोय र एयरबसका प्रतिनिधिको वास्तविकता नप्रस्ट्याएको उल्लेख छ। यसका प्रतिनिधि भए-नभएको पुष्ट्याइँ नगर्नुलाई पनि निगमले गरेको त्रुटिका रूपमा प्रतिवेदनले औंल्याएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल–चीनको कम्युनिष्ट बिचारका बारेमा बृहत्त छलफलको आयोजना हुँदैछ । नेकपाले अवलम्बन गरेको जनताको

धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट पेट । यस्तो पेटले शरीर भद्दा देखाउनुका साथै

महोत्तरी : जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको

पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप

सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार

फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम

धादिङ : दसैं-तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च

काठमाडौं : बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण सम्झौता (सोमबार) हुने भएको छ। सरकार र जापानी कम्पनी

काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको