चलचित्र ‘काले दाई’को ट्रेलर सार्बजनिक



काठमाडौं: चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक भएको छ।

शिव शर्माको निर्देशन रहेको चलचित्रमा चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ।

चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।

बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्