काठमाडौं : पशुपतिनाथ परिसरमा हुने आरतीगान सुरु हुनुपूर्व केही दिनअघिदेखि मात्रै बजाउन थालिएको राष्ट्रगान बन्द गरिएको छ ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धेरैतिरबाट सल्लाह सुझाव आएपछि भदौं १२ गते पशुपति क्षेत्र विकास कोष र आरतीगान प्रस्तुत गर्दै आएको गंगाआरती टिमसँग बसेर राष्ट्रगान बजाउन निर्देशन दिएका थिए ।
तर मन्त्रीकै आदेशमा बजाउन सुरु गरिएको राष्ट्रगान एकाएक बन्द गरिएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री यसबारे बेखबर छन् ।
चौतर्फी आलोचना र टीका–टिप्पणी उठेसँगै राष्ट्रगान बन्द गरिएको पशुपतिनाथ एवं. बागमती गंगा संगीतमय सेवा सन्ध्या आरती समितिले जनाएको छ । यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।