खुर्सिदको परिवारलाई १० लाखको चेक र सहिदको प्रमाणपत्र



काठमाडौं: सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई सरकारले १० लाखको चेक हस्तान्तरण गरिएको छ। आइतबार आलमकी श्रीमती खतिजा खातुनलाई गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा आयोजित एक कार्यक्रमकाबीच चेक र सहिदको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

 

हत्या भएको भोलिपल्टै सरकारले १० लाख क्षतिपूर्ति दिने र घटनाको अनुसन्धान गर्ने भन्दै समिति गठन गरेको थियो। समितिमा समितिमा प्रदेश नम्बर १ का एसएसपी किशोर दाहाल, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थुम्स, राष्ट्रिय अनुसन्धान विभागका तुलसी प्रसाईं, प्रदेश १ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन्। समितिलाई अनुसन्धान गर्न १५ दिनको म्याद दिइएको छ।

 

आलमको हत्या असोज ४ गते भएको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका चार जनाको समूहले आलमलाई गोली प्रहार गरी भारत प्रवेश गरेको थियो। गोली लागेका आलमको घटनास्थमलमै ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्