कास्की पहिलो भ्रष्टचार हुने जिल्ला



कास्की । गण्डकी प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा धेरै भ्रष्टचार हुने जिल्लामा कास्की परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखारामा परेका उजुरीका आधारमा सुचिकृत गर्दै कास्की जिल्लामा सबैभन्दा धेरै भ्रष्टचार हुने जिल्लाको रुपमा सार्वजनिक गरेको छ ।

आयोगको क्षेत्रीय कार्यालय पोखराका अनुसार द्रोस्रोमा पर्वत र तेस्रोमा तनहुँ परेका छन् । त्यसपछि भ्रष्टचार हुने जिल्लामा क्रमशः स्याङ्जा, लमजुङ, बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, पूर्वी नवलपरासी (नवलपुर) रहेका छन् ।

उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजस्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ ।

स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन ।

गण्डकी प्रदेशभरि कुल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फर्छयौट भइसकेका आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्