पुर्चौडीका सडक दुई महीनादेखि अवरुद्ध


बैतडी : जिल्लाको पुर्चौडी नगरपालिकाअन्तर्गतका शाखा सडक गएको दुई महीनायता अवरुद्ध रहेका छन् । वर्षात्का कारण अवरुद्ध बनेका सडक अझै सञ्चालन हुन सकेका छैनन् ।

नेपालीहरुको मुख्य चाड विजयादशमी नजिकिँदै जाँदासमेत स्थानीय सरकारले अवरुद्ध ती सडक पुनःसञ्चालन गर्न कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ । ढोल्यामोडदेखि पुर्चौडीको मुख्यबजार हाटसम्म नियमितरूपमा यातायात सञ्चालनमा रहे पनि शाखा सडक अवरुद्ध रहेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए ।

हाट–साँफेबजार, हाट–नकाली, हाट–भूमिराज, हाट–मल्लादेही जोड्ने सडक र कुवाकोट–भटना सडक वर्षात्का कारण अवरुद्ध भएका हुन् । शाखा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । पुर्चौडी नगरपालिकाले अवरुद्ध रहेका शाखा सडक दशैँपछि मात्रै सञ्चालन हुने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको