दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो


एजेन्सी : दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ । पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ ।

विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए । रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डिएच विलियम्स एन्ड शोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिए । यहाँ करिब २२८ जना शरणार्थी बालबालिका पनि रहेका छन् ।

दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो । विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए । रक्षामन्त्री मापिसाका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब ७०० व्यक्तिलाई गिरफ्तार गरिएको छ । गत मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन् ।

उनले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको बताए । यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कदै छन् । रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक होइन, छैन भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।थाइल्याण्डको बैंककमा

काठमाडौं : नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरिएको

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।