श्रीकृष्णको शौचालय सफाई अभियानले तान्दै दुनियाँको ध्यान



काठमाडौं : हाँस्यकलाकार श्रीकृष्ण सिंखडाको दैनिकिी अचेल पुरै परिवर्तन भएको छ । हाँस्यरसको सहायतामा दुनियाँ हसाउने काम गर्दै आएका चर्चित कलाकार सिंखडा अहिले दुनियाका नजरमा उनको परिचयको दायरा थप फराकिलो बनाउदै गईरहेका छन् ।

फरासिला स्वभाबका श्रीकृष्ण अचेल सार्बजनिक शौचालय सफाई अभियानमा जुटेका छन् । उनी अचेल हरेक विहान जुरुक्क उठेर सार्वजनिक विद्यालय, कलेज र अस्पतालहरुको शौचालय सफाईको काममा जुट्ने गर्छन् ।अचेल यो नै उनको नित्य कर्म बनेको छ। हातमा पञ्जा र मुखमा मास्क लगाउँछन्, ब्रस, हर्पिक र फिनेल बोकेर दौडन्छन् ।

चीया खर्च कटाएर शौचालय सफाई अभियानमा खर्चएका सिंखडाले काठमाडौं उपत्यकाका सार्वजनिक शैक्षिक संघसंस्थाका सबै शौचालय सफाई अभियान चलाएपछि धेरैको ध्यान उनी माथि गएको छ।

रत्नराज्यलक्ष्मी क्याम्पसबाट सुरु गरेको चर्पी सफाई अभियानले आज बिहान पशुपति मित्र माबि चाबहिलमा सफाई गर्यो। भदौ ३० गते आदर्श स्कुल भद्रवासमा चर्पी सफाई गर्ने अग्रिम तालिका बनाई सकेका उनको अभियानमा सहभागी हुनेहरुको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्