संसारमा हरेक वर्ष ८ लाख मानिसले गर्छन् आत्महत्या



काठमाडौं : सडक दुर्घटनापछि सबैभन्दा धेरै मानिसहरूले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । संसारमा प्रत्यक ४० सेकन्डमा कसैले न कसैले आत्महत्या गर्ने गर्छन् । झण्डै ८ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन९डब्ल्यूएचओे० को तथ्याकंले देखाएको छ ।

यस आधारमा संसारभर एक दिनमा २ हजार १ सय ६० जनाले आत्मत्या गर्ने गर्छन् । विश्व स्वास्थ्य संगठन भन्छ,‘यस्तो भयावह अवस्था हुँदा पनि यस विषयमा पर्याप्त वहश हुनै सकेको छैन ।’

नेपालको हकमा भने नेपालमा १५ देखि १६ जनाले दैनिक रुपमा आत्महत्या गर्ने नेपाल प्रहरीले जनाएको छ ।

पछिल्लो एक वर्षमा करिब ६ हजार जनाले आत्महत्या गरेका छन् । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्याको दर घट्नुभन्दा बढ्दै गएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार आत्महत्या गर्नेमा १५ देखि ४५ वर्ष उमेर समूहका ७२ प्रतिशत छन् । मानिसले गर्ने यस्तो व्यवहार हेर्दा एक्लो देखिए पनि, एकजना व्यक्तिको कदमबाट अन्य करिब १ सय ३५ जना मानिस प्रभावित हुन सक्ने गत वर्ष अमेरिकामा गरिएको एक अध्ययनले देखाएको थियो ।

मानिसले विष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, झुण्डिएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ ।

संसारमा सबै मानिसले एउटै कारणले आत्महत्या नगर्ने चिकित्सकले बताएका छन् ।

चिकित्सक भन्छन्, उदासिनता, ‘रक्सी र अन्य लागूऔषधीको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिबी, बेरोजगारी, प्रेममा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्छन् ।’

एक जनाले आत्महत्या गरे पनि उनका आफ्न्त, साथिभाई जो मानिससँग उसको सम्बन्ध जति निकट हुन्छ तिनमा मानसिक आघात त्यति नै चर्को पर्ने बताइएकको छ ।

प्रतिक्रिया दिनुहोस्