नेकपा सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण सम्पन्न



सर्लाही : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको पदभार तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाहीको कर्मैया बागमतीमा आज (बुधबार) सपथ ग्रहण सम्पन्न भएको हो । रेवती पन्तको संयोजकत्वमा सर्लाही जिल्ला कमिटी १ सय ६५ सदस्यीय रहेको छ ।

नेकपा केन्द्रीय सदस्य एवं प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा सपथ ग्रहण सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, प्रदेश कमिटीका सचिव सुमन प्याकुरेल लगायतको बिशेष उपस्थिति रहेको छ ।

प्रदेश २ मा पर्ने बारा, पर्सा, सिरहा, सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम यस अघि नै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्