धितोपत्र बजार : नेप्से परिसूचकको ओरालो यात्रा कायमै


काठमाडौं : साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोबार भयो ।

कारोबार भएका १२ उपसमूहमध्ये एउटा समूहको मात्र शेयर झिनो अङ्कले उकालो लागेको छ । सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले बढेको छ । बैङ्किङ १.७५, व्यापार ०.४२, होटल ३४.८४, डेभलपमेन्ट बैँक ४.७८, हाइड्रोपावर २.५९, फाइनान्स ०.३२, निर्जीवन बीमा ४९.०३, उत्पादन ८(६६, अन्य ०.३२, माइक्रोफाइनान्स ५.८१ र जीवन बीमा ३१.४७ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो । सोल्टीको शेयर रु चार करोड ५५ लाख ५१ हजार ६५२ मा कारोबार भयो । लक्ष्मी बैँकको संस्थापक शेयर रु एक करोड ९० लाख ४१ हजार ६४८, छिमेकी लघुवित्त विकास बैँकको रु एक करोड ४२ लाख ७८ हजार ८४, नेपाल बैँकको रु एक करोड ३७ लाख ३१ हजार ५४३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड २९ लाख ६१ हजार २६३ र प्रभू बैँकको शेयर रु एक करोड २० लाख ७६ हजार ४९ कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ४.४१, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.०४, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ३.४८, नयाँ नेपाल लघुवित्त विकास बैँक रु ३.४६ र अरुण काबेली पावरका लगानीकर्ताले २.८६ प्रतिशतले कमाए ।

यस्तै नविल इक्विटी फण्डका शेयरधनीले ६.६९, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६९, दिव्यश्वरी हाइड्रोपावर ५.१७, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.८१ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

काठमाडौं : ठगी आरोपमा पक्राउ परेका व्यवसायी रुप ज्योतिलाई पाँच दिनका लागि फेरि प्रहरी हिरासतमै

काठमाडौं : सबैको घरमा हरेक वर्ष रमाइलो हुने दसैंको दिनले अभिनेता राजेश हमाललाई भने पीडाको

काठमाडौं : पहिलो पटक आमा बन्न लागेकी अभिनेत्री सिर्जना सुब्बाले विशेष किसिमका फोटो सुट गरेकी

जाजरकोट : विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन्

भक्तपुर : आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि