राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत




काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरु क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्