इन्जिनियर्स एशोसिएसनमा गुप्ताको दाबेदारी



कपिलवस्तु : यही मंसिर २८ गते नेपाल इन्जिनियर्स एशोसिएशनको ३२ औँ कार्यकारी परिषद् तथा प्रादेशिक समितिहरूको लागि निर्वाचन हुने भएको छ । सो निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ताले प्रदेश नम्बर ५ बाट सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

विगत लामो समय देखि जलश्रोत, उर्जा तथा भौतिक पूर्वाधार क्षेत्रमा क्रियाशील गुप्ता लोकतान्त्रिक प्यानलबाट प्रदेश कार्यकारिणी समितिको  सदस्य पदमा उम्मेदवार बनेका हुन् । 

इन्जिनियरिङ पेशालाई मर्यादित बनाउँदै एशोसिएशनलाई बलियो बनाउन, इन्जिनियरिङ सेवालाई समाजमा सम्मानित पेशाको रूपमा स्थापित गर्न र प्रादेशिक संरचनामा इन्जिनियरहरूको लागि रोजगारीको अवसर सिर्जना का लागि पहल गर्ने उद्देश्यले आफूले उम्मेदवार दिएको गुप्ताको भनाई छ । 

नेपाल इन्जिनियर्स एशोसिएशनको ३२ औँ कार्यकारी परिषद् तथा प्रादेशिक समितिहरूको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 

देशभरका २० हजार इन्जिनियर आबद्ध रहेको यस संस्थामा प्रदेश नम्बर ५ मा ७ सय ८० मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस्