आमा भइसकेपछि पनि कसरी देखिने स्टाइलिस र फिट ?



एजेन्सी : दम्पात्य जीवन सुरु भएसँगै उनीहरु आमाबुवा बन्छन् । आफ्नै गर्भको छोराछोरी हुर्काउन थाल्छन् । यहाँसम्म आइपुग्दा महिलाले विगतमा झै फेसन, स्टाइल, मेकअप आदिलाई चटक्कै भुल्छन् त ? वा भुल्नुपर्छ त ? आफुलाई फिट एन्ड फाइन राख्नुपर्छ भन्ने कुरा त्याग्छन् त ?

विवाह गरेपछि उनीहरुमध्ये कतिलाई करियरको चिन्ता हुँदैन, डेट जाने, प्रेम गर्ने चक्कर पनि हुँदैन । त्यसैले उनीहरु एक हिसाबले सन्तुष्ट हुन्छन् । अर्कोतिर गर्भ रहन्छ । र, गर्भ रहेसँगै उनीहरुले खानपानमा जोड दिनुपर्छ । आरममा जोड दिनुपर्छ । यसले गर्दा उनीहरु मोटाउन थाल्छन् । सौन्दर्यमा भन्दा स्वास्थ्यमा ध्यान दिनुपर्छ । आमा बनेपछि महिलाहरुको तौल अचानक बढ्न थाल्छ । र, पुट्ट पेट बाहिर निस्कन थाल्छ । गर्भावस्थामा हुने हर्मोनको बदलाव, खानपानको गडबडी तथा परिवर्तित जीवनशैलीका कारण महिलाहरुमा यो समस्या देखिने गर्छ ।

यसका बाबजुद पनि उनीहरु उत्तिकै फिट तथा स्लिम छन् । यसका लागि उनीहरु यो तरीका अपनाउन्छन् । प्रशस्त मात्रामा पानीको सेवनआफ्नो तौललाई भनेजस्तो तरीकाले कम गर्नु छ भने प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ । शरीरमा जति पानी रहन्छन्, तौल घटाउन उत्ति नै सजिलो हुन्छ । र, तौल घटाउनकै लागि पनि दिनमा कम्तीमा पनि दश गिलास पानी पिउनु पर्छ । यसले शरीरको विषाक्त तथा चिल्लोलाई बाहिर निकाल्न मद्दत गर्छ । शरीर स्फूत हुनुका साथै अनुहारमा समेत चमक आउँछ ।

जे पायो त्यही नखाने

हरेक खानेकुरा चुनेर तथा कत्तिको स्वास्थ्यवर्दक छ, हेरेर मात्र खानुपर्छ । सकेसम्म चिल्लोरहित तथा चिनीको मात्रा कम भएको खानेकुरा खानुपर्छ । पोषक तत्वलाई महत्व दिनुपर्छ । मम, चाउमिन, पिज्जा लगायतका जंकफुड खानुहुँदैन । ताजा फलफूल, सागसब्जी तथा लो फ्याट डेरी प्रोडक्ट खानुपर्छ ।

पास्ता, बे्रड, अण्डा, बदाम, ड्राइ फ्रुट्स पनि मज्जाले खान सकिन्छ । बलिउड नायिका करिना कपूरकी डाइटिसियन रुजुता दिवाकर भन्छिन्, अभिनेत्रीहरुले जुन डाइट फलो गर्छन्, सर्वसाधारणले पनि त्यही डाइट फलो गर्नु पर्छ भन्ने जरुरी छैन । शरीर जस्तो छ त्यही अनुसारको डाइट खाएर मात्र पनि शरीरलाई फिट राख्न सकिन्छ ।

योग र एक्सरसाइज

सन्तुलित आहारका साथमा नियमित व्यायाम जरुरी छ । व्यायामले तनाव तथा अनिद्राको समस्या हटाउँछ । आफूलाई फिट राख्न योगा वा एरोविक्स पनि राम्रो विकल्प हुनसक्छ । यसबाहेक, स्वीमिङ्ग तथा जगिंग पनि गर्न सकिन्छ ।

स्तनपान गर्भावस्था पश्चात्त आफूलाई फिट राख्न स्तनपान गराउन निकै आवश्यक छ । यसले तौल तुरुन्तै नियन्त्रित गर्न मद्दत गर्छ । किनकी शिशुलाई नियमित स्तनपान गराउनाले शरीरबाट पाँच सय क्यालोरी कम हुन्छ । त्यसैले, स्तनपान गराउनु आमा र शिशु दुवैको लागि फाइदाजनक छ ।

निद्रा शरीरको लागि उचित खानपान तथा व्यायाम जति जरुरी छ, पर्याप्त निद्रा पनि उत्तिकै जरुरी छ । तर शिशुलाई जन्म दिएपछि महिलाहरुले प्राय राम्ररी सुत्न पाइरहेका हुँदैनन् । र, पर्याप्त निद्रा नभएमा यसले भोकलाई नियन्त्रण गर्ने हर्मोनलाई असर गर्न थाल्छ । परिणामस्वरुप, महिलाहरु ओभर इटिङ्गको शिकार हुन्छ ।

उनीहरुले आवश्यकता भन्दा बढी खान थाल्छ । र , तौल कम गर्नुको साटो उनीहरुको तौल बढ्न थाल्छ ।

प्रतिक्रिया दिनुहोस्