किन धरै डराउछन् अध्यारोमा मानिस ? यस्तो छ कारण …



एजेन्सी : हामीलाई अध्यारोमा डर लाग्नु सामान्य हो । तर, धेरै डराउने मानिसलाई मानसिक रोगले सताउन सक्छ । जसलाई मनोविज्ञानमा निक्टोफोबिया भनिन्छ । यस रोग लागेपछि मानिसहरु अध्यारोमा विभिन्न प्रकारका आकृतिहरु देख्ने गर्छन वा कोही भएको आभाष गर्छन ।

डर डर लाग्नुको यो पक्रिया तपाई ठण्डा दिमागले सोच्नु भयो भने आश्र्चय लाग्न सक्छ की मान्छेको दिमाग कति कम्पलेक्स हुन्छ । यो जानेर तपाईलाई मजा आउँछ किनकी तपाईलाई पनि काँही न काँही डर त लागेको होला रु बास्तवमा जब हामीलाई आफ्नो आसपास केही चिज वा कोई भएको आभाष हुन्छ ।

जसलाई हामी देख्न सक्दैनौ वा के हो भनेर जान्न सक्दैनौं तब, दिमागमा थेलेमस नामको हिस्सा डरको संकेत त्यस हिस्सालाई पठाउने गर्छ जाँहा हाम्रो दिमागमा विचित्र प्रकारका विचार उत्पन्न हुन्छ । त्यसबेला दिमाग यस चीज वा आवाजको चित्र बनाउँन पाउँदैन । त्यसपछि थेलेमसले दिमागको दोस्रो हिस्सामा यो संकेत पुर्याउँछ ।

जब उक्त संकेत अर्को हिस्सामा जान्छ र एड्रेनलाइन अथवा स्ट्रेस हर्मोन उत्पादन हुन्छ । तब हामीमा डर वा चिन्ताको भावना आउँन लाग्छ । यो संकेत न्यूरोनको साहारामा ग्लुटामेट नामको भागमा पुगेपछि हामी भागन, चिच्याउन वा त्यसको सामना गर्ने सोच आउँछ । भागने वा त्योसँग लड्ने भन्ने रिएक्शनबाट शरीरमा एक प्रकारको जोस आउँछ र मुटुको धड्कन छिटो छिटो चल्न लाग्छ ।

यो सब प्रक्रिया यती छिटो हुने गर्छ की अचानक धड्कनको स्पिड बढ्न थाल्छ । जसलाई तपाई डराएको समयमा महसुस गर्नुहुन्छ । यो प्रक्रियामा शरीर कमजोर भएको महसुस हुन्छ भने रिंगटा लाग्ने र विहोश भएर लड्न पनि सकिनछ ।

प्रतिक्रिया दिनुहोस्