विप्लवका छोरा प्रकाशसहित १५ जना रिहा



काठमाडौं : सरकारबाट प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले रिहा गरेको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसहित प्रकाश चन्दलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्लले जानकारी दिए ।

आन्दोलनका क्रममा कलेजमा अवरोध पु-याउनुका साथै उग्ररुपमा प्रस्तुत भएपछि प्रकाशसहित १५ विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्