नेकपाका प्रदेश सांसद फरार



जनकपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ नम्बर प्रदेशसभाका एक सांसद फरार भएका छन् । धनुषा जिल्ला अदालतले ती सांसदलाई दोषि रहेको फैसला गरेपछि फरार भएका हुन् ।

अदालतले बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरे लगत्तै निलम्बनमा परेका प्रदेश सांसद दिलिप कुमार साह फरार भएका हुन् । धनुषा प्रहरीले उनको खोजीलाई तीव्र बनाएको बताएको छ ।

जिल्ला अदालत सिरहाबाट चार वर्ष अघि भएको फैसला जनकपुर उच्च अदालतले सदर गरेपछि प्रदेशसभाले सांसद साहलाई सांसदबाट निलम्बन गरेको हो । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद पाँच हजार जरिवना फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला विरुद्ध साह उच्च अदालत गुहार्न पुगेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेपछि सांसद साहले कैद र जरिवाना भुक्तान गर्नुपर्ने भएको छ ।

संगीता यादवको जाहेरीको आधारमा सांसद साहलाई बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्