घुससहित समातिए सिरहा अदालतका चालक




लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सिरहा जिल्ला अदालतका चालक विजुमोहन यादवलाई रकमसहित रंगेहात पक्राउ गरेको छ ।

मुद्दा जिताईदिने भन्दै उनले सेवाग्रहीसँग रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

सेवाग्राहीसँग १ लाख १० हजार घुँस लिदै गरेको अवस्थामा चालक यादवलाई अख्तियार टोलीले सिरहास्थित खड्का होटलबाट आज दिउँसो एक बजे पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्