सर्वत्र स्वास्थ्य मन्त्री यादवको राजीनामा माग



काठमाडौं : देशभरी डेंगुको प्रकोप विकराल बन्दै गएको छ तर, यो रोगको नियन्त्रण गर्ने जिम्मेवारी बोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री उपेन्द्र यादवलाई भने यसबारे कुनै मतलब छैन । देशभर डेंगु रोगले आक्रान्त पारेको छ । यसबाट जनजिवन अत्यन्तै प्रभावित भएछ भने जनमानसमा त्रास बढेको छ ।

स्वास्थ्य मन्त्री यादव भने मुलुकै आक्रान्त बनेको बेला मुकदर्शक मात्र हैन कानमा तेल हालेर बसेका छन् । यादवको यस्तो कार्यले गर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । सडक र संसदमा सरकारले डेंगु प्रकोपको नियन्त्रण गर्न असफल भएको भन्दै चर्को आलोचना भइरहँदा मन्त्री यादवको राजीनामाको माग उठिरहेको छ ।

मन्त्री यादव डेंगु महामारी नियन्त्रणमा उदासिन देखिदा त्यसको चपेटामा जनमानस परेका छन् । तर, त्यता तर्फ कुनै ध्यान नदिएका मन्त्री यादव विदेश सयरमा लिप्त छन् । आफ्नै पार्टीका केही नेताहरुले सरकारबाट हुनुपर्ने माग उठाइरहदा मन्त्री यादव भने सत्तामै टाँसिएका छन् । मन्त्री यादव यसरी सत्तामै टाँसिरहनुमा स्वास्थ्य मन्त्रालयमा हुने सामान र उपकरण खरिदबाट आउने कमिसन, कर्मचारी सरुवाबाट हुने लाभ र विदेश भ्रमणको मोह रहेको उनकै पार्टीका नेताहरु बताउँछन् ।

यादवलाई संविधान संशोधनसँग कुनै मतलव छैन्, तर कार्यकर्ताको आँखामा छारो हाल्नर सार्वजनिक खपतका निम्ति यो विषय उठाइरहेका छन् । नयाँ शक्ति, नेपालसँगको एकतापछि बनेको समाजवादी पार्टीभित्र तत्काल सरकार छोड्नुपर्ने पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईललायतका केही नेताहरुले दवाव दिँदै आएका छन् ।

मन्त्री यादवको विदेश मोह कति भन्ने कुुरा उनी मन्त्री भएपछि अहिलेसम्म उनले भारत, अमेरिका, काजकिस्तान, स्विट्जरल्यान्ड, थाईल्याण्ड, भियतनाम, र बेलायतलगायत दर्जनौं देशहरुको भ्रमण गरिसकेका छन् ।

डेंगु संक्रमण बढी रहँदा सहसचिव जाने कार्यक्रममा दिल्ली पुगेर हालै फर्किएका उनको विदेश यात्रा दशैंको टिका सकिएलगत्तै फेरि सुरु हुँदैछ ।

मन्त्री यादव आउँदो असोज २३ गते लण्डनमा हुने एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै छन् भने लण्डनबाट फर्किएलगत्तै उनी असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म टर्कीको आनटल्या जाँदैछन् । त्यस्तै, कार्तिक ८ र ९ मा काजकास्तानमा र कार्तिक १३ देखि १५ मा जेनेभा जाने कार्यक्रम तय भएको छ ।

डेंगु रोग नियन्त्रणमा असफल देखिएपछि सडकदेखि संसदसम्म स्वास्थ्य मन्त्री यादवको राजीनामाको माग जोडदार ढंगले उठ्न थालेको छ ।

संविधान संशोधन गराउने शर्तसहित सरकारमा सहभागी भएका यादवले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पटक–पटक सरकारबाट बाहिरिने चेतावनी दिँदै आएका छन् । तर, न सरकारमा सहभागी हुँदाका सर्त पूरा भएका छन् न त उनी सरकारबाट बाहिरिएका छन् ।

यादवलाई संविधान संशोधनसँग कुनै मतलव छैन्, तर कार्यकर्ताको आँखामा छारो हाल्नर सार्वजनिक खपतका निम्ति यो विषय उठाइरहेका छन् । नयाँ शक्ति, नेपालसँगको एकतापछि बनेको समाजवादी पार्टीभित्र तत्काल सरकार छोड्नुपर्ने पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईललायतका केही नेताहरुले दवाव दिँदै आएका छन् । तर, त्तकालिन संघीय समाजवादी पार्टी नेपालका नेताहरु भने सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएका छन् । यसको अर्थ हो, पार्टी अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव सरकारमा बसिरहन चाहन्छन् ।

यसैबीच डेंगु रोग नियन्त्रणमा असफल देखिएपछि सडकदेखि संसदसम्म स्वास्थ्य मन्त्री यादवको राजीनामाको माग जोडदार ढंगले उठ्न थालेको छ ।

नेपाली कांग्रेसका सांसद सञ्जीवकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा बोल्दै डेंगु रोगको नियन्त्रण गर्न असफल देखिएको भन्दै मन्त्री यादवको राजीनामा माग गरेका छन् । त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि डेंगु रोग नियन्त्रणमा सरकारको उदासिनताको चर्को आलोचना गर्दै स्वास्थ्य मन्त्री यादवको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्