डेंगु प्रकोपबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेंगुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

महामारीको रुपमा फैलिएको भनिएको डेंगुको प्रकोपको अवस्था र रोग नियन्त्रणका लागि भएको प्रयासबारे यथाशीघ्र सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । सभामुख महराले भने, “केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेंगुबारे माननियहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु ।”

आजको बैठकको शून्य समयमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा डेंगु रोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्