आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा : मन्त्री पुन



काठमाडौं : सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ ।

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गरे ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै पाँच हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उल्लेख गरे ।

ऊर्जा क्षेत्रमा सहकार्य, छिमेकीसँग प्रसारण तथा ग्रिडको सञ्जाल विस्तार जस्ता विषयलाई सरकारले प्रमुख प्राथमिकतामा राखी काम गरिरहेको उनको भनाई छ । (रासस)

प्रतिक्रिया दिनुहोस्