नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपाल उपविजेता



काठमाडौं : नेपाल नादेझ्दा ( Nadezhda) कप फुटबल प्रतियोगिताको उपविजेता बनेको छ ।

किर्गीस्तानमा भएको प्रतियोगितामा ३–२ गोल अन्तरले नेपाललाई पराजित गर्दै उज्वेकिस्तानले उपाधि जितेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले २ गोल गरेपनि नेपालले उपविजेतामा जित बुझाएको छ ।

३ गोलले पछि परेको नेपालले ६७ औँ मिनेटमा एक गोल फर्काएको थियो भने खेलको ९० मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल फर्काएको हो ।

प्रतिक्रिया दिनुहोस्