प्रस्तावित प्रधानन्याधिश मिश्र सुनवाई समितीमा



सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रसँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ मागेको छ ।  मिश्रमाथि परेका तीन उजुरी परेका थिए । सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा समितका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ मागेका हुन् ।

उजुरीमा त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भएको छैन । यसमा किन  फैसला नगरेको मिश्रमाथि प्रश्न गरिएको छ । त्यस्तै काठमाडौ जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपुर्ति नदिलाएको भन्ने मिश्रमाथि उजुरी छ ।

त्यसैगरी तेस्रो उजुरीमा मिश्र विराटनगरमा न्याायाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सेविका बनाएर फैसला गरीएको बारे प्रश्न गरिएको छ ।

प्रधानन्यायाधीमा प्स्तावित मिश्रको जवाफ चित्तबुझ्दो आए समितिले अनुमोदन गर्नेछ । त्यसपछि राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को गत भदौं ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको हो । बरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।

उनले अहिले समितिमा जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्