स्वदेशी उत्पादनलाई स्थान दिन कैलालीमा निमार्ण सामाग्री तथा हार्डवेयर मेला हुने 



कैलाली ।सुदूर पश्चिम प्रदेशको कैलालीमा राष्ट्रिय तथा सुदूर पश्चिम प्रदेशभित्रका स्थानीय निमार्ण सामाग्री तथा हार्डवेयर सामानहरुलाई प्रचारप्रसार तथा विशेष महत्वका साथ स्थान दिन असोज २४ देखी २७ गते सम्म निमार्ण सामाग्री तथा हार्डवेयर मेला लाग्ने भएको छ । 

बृहत बजार सम्भाव्यता बोकेको धनगढी सहरमा हार्डवयर व्यवसायीहरुले पहिलो पटक मेला आयोजना गर्न लागेका हुन् । आफ्नो उत्पादनलाई उपभोक्ता सामु प्रर्दशनी गर्नको लागी यो प्रर्दशनी मेला लाभदायक हुने अपेक्षा गरिएको छ ।

 

प्रचारप्रसार तथा प्रदर्शनीका माध्यामबाट आफ्नो उत्पादनलाई उपभोक्तासम्म पु¥याई व्यापार प्रवद्र्घधन गर्ने उद्देश्यले ४ दिनसम्म लाग्ने मेलामा करीब १ लाख दर्शकहरुले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उक्त मेलामा निमार्ण सम्बन्धी देशविदेशमा रहेका ख्याति प्राप्त उत्पादन तथा  निमार्ण कम्पनीका सेवा र सामाग्री सम्बन्धी जानकारी लिन सकिने र कम्पनीहरुलाई बजारको अवस्थाका  बारेमा जानकार रहन र उपभोत्ताले सामानको गुणस्तर र वास्तविक मुल्य थाहा पाउन उक्त मेलाको आयोजना गरिएको कैलाली हार्डवेयर व्यवसायी संघ अध्यक्ष सुरेन्द्र राठीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्