नेपाल आएर के-के गरिन् सन्नीले ?



काठमाडौं : भारतीय हट नायिका तथा आइटम गर्ल सन्नी लियोनी बिहीबार नेपाल आईपुगेकी छिन ।

नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन् उनी नेपाल आएकी हुन् । बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।

ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको बताइन् ।

पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने प्रतिवद्धता जनाइन् ।

चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सन्नी

चलचित्र ‘पासवर्ड’मा सन्नीले एक आइटम नृत्य गरेकी छन् । पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

चलचित्र ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ । सन्नी नेपाल आउँदा चलचित्रको व्यापारमा फाइदा पुग्ने अपेक्षा निर्माणपक्षको छ ।

सन्नीलाई त्रिभुवन विमानस्थलमा उनका समर्थक र आयोजकले नेपाली भादगाउँले टोपी लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्