चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक



काठमाडौं : नेपाली कथानक चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको हो । गितमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ ।

सार्वजनिक गीतमा कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । यस्तै चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको यस चलचित्रको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) हुन् । चलचित्रमा उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । चलचित्र मंसिर १३ गरे बाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्