प्रदेशसभा बैठक : नाम र राजधानी टुंग्याउन समिति बनाइने



जनकपुरधाम : प्रदेश राजधानी र नामाकरणको विषयले दलहरु बीचनै तीव्र विवाद भइरहेका बेला प्रदेश २ को प्रदेशसभा बैठकले नाम र राजधानी टुंग्याउने सिफारिस समिति बनाउने भएको छ ।

आज शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकले सिफारिस समिति बनाउन लागेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार दलहरुबीच प्रदेशको नाम र राजधानीबारे सहमती जुट्न नसकेपछि विज्ञ सम्मिलित सिफारिस समिती बनाउन लागिएको हो ।

प्रदेशसभाका सचिव रञ्जित यादवले सैद्धान्तिक छलफल पश्चात प्रदेश सभामा पेस भएको सहकारी, वन तथा उद्योग सम्बन्धि विधेयक संसदीय समितिमा छलफलको लागि पठाउने तयारी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्