धनगढीमा आमहड्तालका कार्यक्रम फिर्ता, रचानात्मक विरोध जारी 



धनगढी । जनभावना विपरित राजधानी घोषणा गरिएको भन्दै शनिबारदेखि धनगढीमा आम हड्तालको घोषणा गरेको नागरिक समाज संघर्ष समितीले आज आम हड्ताल स्थगित गरेको बताएको छ ।

 सरकारी तवरबाट आन्दोलनमा हुनसक्ने घुसपैठलाई मध्यनजर गर्दै  आम हड्ताल स्थगित गरेको आन्दोलनकारीले जानकारी दिए । आसोज १५ गते सम्मका लागि आमहड्ताल स्थगित गरिएको विज्ञप्तीमा भनिएको छ । 

आमहड्ताललाई बद्नाम गराउने खेल भएको भन्दै आन्दोलनको स्वरुपमा परिवर्तन ल्याइएको उनीहरुको भनाई छ । 

नागरिक समाजले विज्ञप्ती जारी गर्दै असोज १५ गते साँझ ८ बजे एक घण्टा धनगढीमा ब्ल्याक आउट गर्ने जनाएको छ । 

वनमाफिया र भूमाफियालाई फाईदा पुग्ने गरि प्रदेशको राजधानी गोदावरीको जंगलमा राखेको भन्दै धनगढीमा आम हड्तालको घोषणा गरिएको थियो। 

आइतबार आम हड्तालका कारण धनगढीको जनजिवन अस्तव्यस्त रहेको थियो ।


याे पनि पढ्नुहाेस्

 

१‍‍ . आईतवार पनि धनगढीमा आम हड्ताल

२ .  धनगढी बन्द गराउँदै हिडेका कांग्रेसका कार्यकर्ता र अटोचालक पक्राउ

३ . अनिश्चितकालका लागि धनगढी बन्द

४ . प्रदेश ७ को राजधानी र नाम स्विकृत, असन्तुष्ट पक्षद्धारा अनिश्चितकालीन आम हड्ताल घोषणा

 

प्रतिक्रिया दिनुहोस्