जनप्रतिनिधि–कर्मचारीबीच सुमधुर सम्बन्ध जरुरी : पूर्वप्रम खनाल



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि तथा कर्मचारीबीच सुमधुर सम्बन्ध हुनुपर्ने कुरामा जोड दिएका छन् । पार्टी कामको सिलसिलामा इलामको सूर्योदय नरपालिकास्थित फिक्कलमा पुगेका खनालले बिहीबार नेकपाको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

पार्टी कार्यकर्ता माझ बोल्दै खनालले स्थानीयस्तरमा विकासको लहर चलेको समेत उल्लेख गरेका थिए । अविछिन्न ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धि हासिल गरिएको र नयाँ नेपालको संविधान बनेको कुरामा जोड दिंदै खनालले संविधानलाई प्रत्येक पार्टीका सदस्य तथा जनप्रतिनिधिले गहन रूपले अध्ययन गर्नुपर्ने बताए । हाल उनले पार्टीभित्र मागेको वरियताको माग पूरा भएपछि खनाल हँसमुख कार्यकर्तामाझ जान थालेका छन् ।

हाल अध्यक्षद्वय ओली र प्रचण्डसँग उनको हिमचिम पनि बढेको छ । तर वरियतामा तल पारिएका माधव नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच सम्बन्ध भने त्यति सुमधुर छैन ।

प्रतिक्रिया दिनुहोस्