हुलाकी मार्ग बन्दै गर्दा जनकपुरमा जाम



जनकपुरधाम : प्रदेश २ को अस्थायि राजधानी तथा ऐतिहासिक शहर जनकपुरधाममा केही समययता सवारी साधनको जाम बढ्न थालेको छ ।

कार्यालय समयमा गिरिजा सिनेमा हल छेउको कपलेश्वर जाने बाटोको पुल मुनि नजिक अत्याधिक जाम हुने गरेको सञ्चारकर्मी अशोक मण्डल बताउँछन् । कदम चोकमा हुलाकि सडक निर्माण भइरहेको कारण सो क्षेत्रमा सवारी जाम अत्यधिक हुन गरेको छ ।

परवाह, देउरी, कपलेश्वर महुवा, पुलचोकबाट कपलेश्वरको पुल मुनिको सडकबाट जनकपुर आवतजावत गर्ने गर्छन् ।

प्रत्येक दिन बिहान ९ देखि ११ बजेसम्म यस सडक खण्डमा जाम हुने गरेको स्थानियहरुको भनाइ छ

प्रतिक्रिया दिनुहोस्