विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गर्छ : मन्त्री कार्की



झापा : प्रदेश नं १ को पदेशसभाको आज (शुक्रबार) बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गरेका थिए ।

उनले विधेयकमा अर्थ समितिद्वारा प्रस्तुत भएको प्रतिवेदनमा प्रदेशसभा सदस्य विमल कार्कीले दफावार छलफल र विज्ञहरुको राय सुझावबाट परिपक्व भएको विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गरेको भन्दै आयआर्जन र रोजगारी सिर्जनामा विधेयकको भूमिका अतुलनीय रहने बताए

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले वार्षिक प्रतिवेदन सभामा पेश गरे । प्रदेशसभाको अर्को बैठक यही भदौ २९ गते अपराह्न २ः०० बजेकालागि बोलाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्