बलिउड गायक अखिल सचदेवा नेपालमा (भिडियाे सहित)



काठमाडौं :  बलिउडका प्रख्यात गायक तथा संगितकार अखिल सचदेवा नेपाल आइपुगेका छन् । उनलाई टर्टल लाउन्ज एण्ड क्लबले नेपाल ल्याएको हो । उनी आज दिउँसो ३ः३० मा काठमाण्डौ आइपुगेका हुन् ।

भोली फर्कने अखिलले आज (शुक्रबार) ठमेलस्थित टर्टन लाउन्जले आयोजना गरेको विशेष कन्सर्टमा धमाकेदार प्रस्तुती दिने छन् ।

केहि समयअघि प्रदर्शन भएको हिट बलिउड चलचित्र कविरसिंहको ‘तेरा बनजाउङ्गा’ मा स्वर दिएका छन् । उनी गायक, संगितकार र कम्पोजर पनि हुन् । उनले थुप्रै गीतहरुमा संगित भरेका छन् भने धरै हिट गीतहरु गाइसकेका छन् ।

नासा ब्यान्ड मार्फत आफ्नो सांगितिक यात्रा सुरु गरेका सचदेवाले थुप्रै एवार्ड हात पारिसकेका छन् । उनी अहिले बलिउडका सर्वाधिक लोकप्रिय गायकको सुुचीमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्