कन्चनजंघा–पाथीभरा जोड्न पौवाभञ्ज्याङमा सूचना केन्द्र स्थापना



काठमाडौं : पर्यटन प्रवद्र्धनका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवाभञ्ज्याङमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पर्यटकको सेवा सुविधाका लागि भनेर स्थानीय स्तरमा स्थापना गरिएको यो सूचना केन्द्रले स्थानीय पर्यटकका लागि निकै सहयोग पुर्याइरहेको छ ।

यो सूचना केन्द्र पूर्वी नेपालको मेची पहाडी क्षेत्रमा पर्यटन विकासको लक्ष्य राखेर निर्माण गरिएको हो । उक्त सूचना केन्द्र पर्यटन वर्ष–२०२० सँग जोडिएको छ । यसको निर्माण फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकासँगको सहकार्यमा भएको हो ।

यसको सञ्चालनका लागि आवश्यक कर्मचारीहरु स्थानीय तहबाट निर्णय गरी खटाइने छ ।

मेची राजमार्गको यातायात सञ्चासँग जोडिएको यो सूचना केन्द्रले कञ्चनजङ्घा, कुम्भकर्णलगायत हिमालको पर्वतारोहण गर्ने पर्यटक, कञ्चनजङ्घा संरक्षण क्षेत्र, तिम्बु पोखरी, लब्रेकुटी–सिलौटी, प्रसिद्ध पाथिभरा मन्दिरलगायत धार्मिक एवं पर्यटकीयस्थलसम्म पुग्ने पर्यटकलाई प्रत्यक्ष सहयोग पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्