विप्लवका नगर इञ्चार्जले पार्टी छाडे : भाषा प्रशासनिक, हस्ताक्षर राजनीतिक



काठमाडौं : केही दिन अघि डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ का नगर इञ्चार्ज रहेका दमन दमाईले कम्प्युटर टाइप विज्ञप्तिमा हस्ताक्षर गरी विप्लव पार्टी छाडेका छन् । विज्ञप्तिको भाषा राजनीतिक नभई प्रशासनिक छ, तर त्यसको पुछारमा राजनीतिक काम गर्दै आएका दमाईको हस्ताक्षर छ ।

केही दिन अघि भदौ महिनामै गिरफ्तार भएका विप्लव नेकपाका नगर इन्चार्ज दमाई शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट १५ हजार धरौटीमा छुटेलगत्तै विज्ञप्ति निकालेर पार्टी परित्याग गरेको उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको विज्ञप्तिमा सरकारले पार्टी प्रतिबन्ध लगाएको र नेकपाको सिद्धान्तसमेत आफूलाई मन नपरेको लेखिएको छ । साथै हिंसात्मक गतिविधिमा नलागी स्वतन्त्रपूर्वक जीवनयापन गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ । यो भाषाा हेर्दा ‘ज्वाइ त उहाँ हो, तर टोपी भने मेरो’ भन्ने प्रष्टै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्