ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठले मारे बाजी



काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा फेरी पनि जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनी उमेशलाल श्रेष्ठलाई १७ मतलेपछि पार्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए । निर्वाचनमा शनिबार सबै २७ प्रतिनिधिले मतदान गरेका थिए ।

यसअघि चारवर्ष अघि भएको निर्वाचनमा पनि अध्यक्ष पदमा जीवनराम र उमेशलालबीच नै प्रतिस्पर्धा भएको थियो । त्यसबेला जीवनरामले उमेशलाललाई पराजित गरेका थिए ।

त्यस्तै निर्वाचनमा उपाध्यक्ष पाँच पदका लागि ८ जनाको उमेदवारी परेको थियो । तीमध्ये ज्योती राणा, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ तथा चतुरानन्द राजबैद्य उपाध्यक्षमा निर्वाचिन भएका छन् ।

निर्वाचनमा सचिव ३ पदका लागि ४ जनको उमेदवारी परेको थियो । जसमध्ये केशवकुमार विष्ट, दीपक हर्ष बज्राचार्य, तुल्सी थापा तथा रामजीबहादुर श्रेष्ठले उमेदवारी दिएका थिए ।

यस्तै महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भएका छन् । उनको प्रतिद्वन्दी पुरेन्द्र राज श्रेष्ठ थिए ।

प्रतिक्रिया दिनुहोस्