अब राजा फर्किन्‍छ भन्‍नेहरु मूर्ख हुन् : सभापति देउवा



दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा आउछ भन्नु मूर्खत शिवाय केही नभएको बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन्।

राजा र राजतन्त्रको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा देउवाले भने – ‘राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’ उनले राजाको विषयमा कांग्रेस नभएको समेत प्रष्ट पारे। ‘राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै छैन’, देउवाले थपे, ‘यो तर्क गर्ने पनि मूर्ख हुन्।’

यस्तै मिडियालाई ऐन नियमका नाममा अंकुश लगाए कांग्रेस चुप भएर बस्न नसक्ने बताए । कार्यक्रममा बोल्दै सभापति देउवाले भने – ‘बाँके कांग्रेस सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तालाई कारबाही हुनै पर्छ’, । ‘दोषीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्