कर्णाली नदीलाई डल्फिन क्षेत्रको रुपमा विकास गर्नुपर्छ : मन्त्री भट्टराई



कैलाली : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कैलालीको कर्णाली नदीलाई डल्फिन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउए। कैलाली होटल व्यवसायी सङ्घद्वारा टीकापुर नगरपालिका–७ वैदी ढुङ्गानाटोलमा आयोजित डल्फिन महोत्सवको शनिबार उद्घाटन गर्दै उनले डल्फिनको संरक्षण र प्रचारप्रसारमा सरकारले सहयोग गर्ने बताउए।

“डल्फिन पाइने कर्णाली, मोहना र काढा नदीको दोभानमा डल्फिनको बासस्थान बनाउन सरकारले लगानी गर्छ”, मन्त्री भट्टराईले भने, “स्थानीय पर्यटन प्रवद्र्धनका लागि तपाइहरु योजना बनाएर आउनुस्, डिपिआर निर्माण र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने काम सरकारले गर्छ ।”

उनले डल्फिनलाई पर्यटक मुख्य आकर्षणको केन्द्र बनाउन सरकार सहयोग तयार रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, स्थानीयको व्यावसायिक क्षमता अभिवृद्धि, आयआर्जनका लागि सक्ने सहयोग गर्ने सरकारको जिम्मेवारी रहेको बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुगोस्, पर्यटन प्रवद्र्धन र डल्फिनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तेजबहादुर बोहराले जानकारी दिए। महोत्सवमा तीन दिनसम्म चल्नेछ । – रासस

प्रतिक्रिया दिनुहोस्