निर्मला हत्या प्रकरण : छानबिन समिति सदस्य केसीमाथि आक्रमण, ६ जना पक्राउ



कठमाडौं: निर्मला पन्त हत्याको छानबिन समितिका सदस्यमाथि कैलालीमा अाक्रमण भएको छ। सहसचिव हरि मैनालीको नेतृत्वको छानबिन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो। आक्रमणमा संग्लन भएको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ।

 

काठमाडौंबाट आइतबार धनगढी गएका केसीमाथि विमानस्थलबाट बाहिरने क्रममा अाक्रमण भएको प्रहरीले जनाएको छ।  बा १ झ ९७०३ नम्बरको गाडीमा सवार केसीमाथि ढुंगा प्रहार भएको हाे।ढुङ्गा प्रहारबाट गाडीको सीसा फुटेको छ। 

 

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेले केसीमाथीको आक्रमण बन्दकर्ताबाट भएको बताए।

 

धनगढीमा प्रदेश राजधानीको माग गर्दै बन्द आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्