सर्भिस ट्रर्याक नबन्दा जनतालाई सास्ती



काठमाडौं : आहाँ..कोटेश्वर–कलंकी ८ लेनको सडक जस्तै एक–एक लेन सर्भिस ट्रर्याकको काम पनि सम्पन्न भएको भए हेर्दा कति सुन्दर र हिड्दा कति सहज हुन्थ्यो होला है? बालकुमारी बस्ने सरु खड्का सुनाउछन् । ८ लेनको सडक बनेको यतिका समय भइसक्यो तर यति सडक यतिका समयसम्म पनि बनेन,उनी गुनासो गर्छिन् । उनी भन्छिन्, ‘हिड्डुल गर्न नै समस्या भएको छ । नेपालले थालेको कुनैपनि काम कहिले पनि समयमा सक्दैन। यो सर्भिस ट्र्याकको काम सम्पन्न भएको भए हिड्डुल मात्र हैन ट्राफिक जाम पनि अलि कम हुन्थ्यो । तर मलाई त यो सडक बन्छ भन्ने आशा पनि मरिसक्यो ।’

उनी मात्र है ग्वार्को बस्ने ७० वर्षका हजुरबा धिरेन्द्र शाक्य पनि भन्छन्, ‘यो सडक बन्यो भने त हामी बुढाबुढीलाई पनि यसो हिड्डुल गर्न सजिलो हुन्थ्यो । घरमा बस्दा बस्दा दिक्क लाग्छ । यसो सडक तिर आयो खाल्डाखुल्डी भएकाले लडेर मरिन्छ कि भन्ने डर छ । घाम लाग्दा धुलो उड्छ, पानी पर्दा हिलाम्मे हुन्छ । सडक नबेने पनि यस्तो बाटोमै गाडिहरु हाकिररहेका हुन्छन् । कति बाइकहरु लडेको मैरै आखाँले देखेको छ । यो सडक बने त धेरै राहात हुन्थ्यो नि ।’

हुन पनि हो ५ वर्ष लगाएर विस्तार गरेको चक्रपथको यो सडकखण्ड चीनले हस्तान्तरण गरेको ८ महिना भइसक्यो । तर चक्रपथको यो खण्डमा सडकको दुवैतिर नेपालले बनाउनु पर्ने एक–एक लेन सर्भिस ट्र्याकको काम भने लथालिंग छ । सडकको निर्माणसँगै सम्पन्न हुनुपर्ने सर्भिस ट्रयाक नबन्दा उक्त खण्डमा जोखिम समेत बढेको छ । चक्रपथको कोटेश्वर–कलंकी सडकखण्ड अन्तर्गतको ट्रयाकको काम अब थोरै मात्र बन्न बाँकी रहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

ट्रर्याक निर्माण गर्नुपर्ने जिम्मा पाएको काठमाडौं चक्रपथ सुधार आयोजनाका सुचना अधिकारी निरञ्जन शर्मा भन्छन्–‘सर्भिस ट्रर्याकको सुरुको काम ढल, आकाशे पानी जाने ह्याम पाइप , पर्खाल र ठाउँठाउँमा आकासे पुल निर्माणको काम भइरहेको दाबी गरे ।’

उनले कतिपय ठाउँमा बिजुलीका पोल सार्नुपर्ने, घरटहरा हटाउनु पर्ने र त्यसका लागि मुआब्जा वितरणलगायत कामले ट्र्याक निर्माणमा ढिलाइ भएको स्वीकार गरे । ‘काम ढिलो भयो भनेर गुनासो बढ्नु स्वाभाविक हो, स्थानीयले नै काम गर्न दिदैनन्, अनि कसरी हुन्छ काम ?’, उनले भने, ‘घरटहरा भत्काउन सहज बनाइदिनु र्पयो, अनि पो काम समयमै सम्पन्न हुन्छ। उनीहरू नै टेर्दैनन्। हामीले पहल गरिरहेका छौं ।’

अहिले २ कम्पनिले ठेक्का पाइसकेका छन् अब यो आर्थिक वर्ष सम्ममा सम्पन हुन्छ, आयोजनाका सुचना अधिकारी शर्मा बताउछन् । अहिले पनि घर टहरा पसल, घरको कम्पाउण्ड वाल लगायत हट्न बाँकी छ । तर ९५ प्रतिशत प्रगति भएको दाँबी गरे ।

चक्रपथ विस्तारको दोस्रो खण्ड कलङ्की महाराजगञ्ज
चक्रपथ विस्तार आयोजना अन्तर्गत कलङ्की महाराजगञ्ज दोस्रो खण्डको डिपिआर नबन्दा काम अन्यौलमा परेको छ । पहिलो खण्ड कोटेश्वर कलंकी सडक हस्तान्तरण गरेसँगै दोस्रो खण्डको निर्माणको काम अघि बढाउने भन्दै चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले सम्झौता गरेकोे थियो ।

तर डिपिआरको जिम्मा पाएको कन्स्ट्रक्सनले अहिलेसम्म पनि डिजाईन तयार नपारेकोले निर्माण अन्यौलमा परेको हो ।

अहिले सडक विस्तारका लागि सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउने काम भइरहेको आयोजनाका सुचना अधिकारी निरञ्जन शर्माले बताए ।

उनले भने–‘अहिले वन विभागसंग छलफल गरेर रुख हटाउने काम भइरहेको छ । विद्युल प्राधिकरणसंग पनि हामी छलफल गरिरहेका छौं विजुलीका पोल हटाउन। डिपिआर तयार हुनेबित्तिकै तीब्र गतिमा काम सुरु हुन्छ । डिपिआरमा किन ढिलाई भएको हो हामीलाई थाहा छैन । यो चिनियाँ पक्षले गर्ने काम हो । यो कुरामा खासै तत्पर भएको देखिदैन । अब केहि समय लाग्ला नि ।’

चिनियाँ कम्पनीले पहिलो खण्ड कोटेश्वर–कलंकी सडकको भने निर्माण सम्पन्न गरी सरकारलाई हस्ताणतरण गरिसकेको छ ।

त्यसैगरी दोश्रो खण्ड कलंकी–महाराजगञ्ज सडकको पनि विद्युत र टेलिफोनका पोलहरु हटाउन सुरु गरिएको छ । चक्रपथकै बाँकी महाराजगञ्ज–कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ। चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाएको थियो ।

चक्रपथको बाँकी खण्डको डिजाइन भने कलंकी–कोटेश्वरको भन्दा फरक हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्