खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा


बर्दिया : विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हुँदै गएकोे छ । यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युत्को पोलबाट लत्रिएका हजाराैँ भोल्टेजको तारमा कुल्चँदा हात्तीमा करेन्ट लागेको थियो ।

मधुवन नगरपालिका–१ स्थित कैलासीका बासिन्दाले हात्तीलाई करेन्ट लागेको देखेपछि विद्युत्को लाइन काट्न लगाएका कारण हात्ती बाँच्न सफल भएको थियो। केही मिटरअगाडि हात्ती हिँडेर लड्यो। करेन्ट लागेको हात्ती ३० मिनेटसम्म सोही स्थानमा लडिरहेको अवस्थामा निकुञ्जबाट आएका कर्मचारीले लडेको हात्तीमाथि पानी खन्याई रहेकाले केही समयपछि उठेर जङ्गलतिर गएको थियो।

गत वर्ष पनि ठाकुरबाबा नगरपालिका–२ को बेटहनीमा गाउँलेको असावधानीले गर्दा एक हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो। वन क्षेत्र आसपास खुला तारका कारण यस्ता थुप्रै दुर्घटना हुने गरेको तथ्य बाहिर आएका छैनन् । विद्युत् आपूर्तिका लागि लगिएको खुला तार हजारौ भोल्टेजको हुन्छ ।

उच्च भोल्टेजका कारण वन्यजन्तु बढी हिँड्डुल गर्दा तारमा छुने र दुर्घटनामा पर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख अणनाथ बरालले बताए। प्राधिकरणका तार तथा काठका खम्बाहरु जीर्ण भई विभिन्न स्थानमा भुइँमा लडेको अवस्थामा रहनाले त्यस्ता स्थानमा वन्यजन्तु दुर्घटना पर्ने सम्भावना अझै बढिरहने उनको भनाइ छ।

करेन्टबाट वन्यजन्तुलाई क्षति नहुन दिनका लागि खुला तार र जीर्ण रहेको विद्युतीय पोलका विषयमा छिट्टै नै प्राधिकरणसँग समन्वय गरेर निकास निकालिनेसमेत संरक्षण प्रमुख बराले बताए। हजारा‌ैँ भोल्टेजका तार वन क्षेत्रका आसपासमा रहेकाले वन्यजन्तु बढी ओहोरदोहोर गर्ने स्थानमा दुर्घटना हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत डा रविन कडेरियाले बताए।

वन क्षेत्र र जङ्गली जनावर ओहोरदोहोर गर्ने स्थान पहिचान गरी सो स्थानमा सुरक्षाका लागि एबिसी प्लाष्टिकले कभरेज गरिएको तार प्रयोग गर्नुपर्ने र जङ्गलको छेउछाउ लगाइएका यस्ता तारका सम्बन्धमा समयमै सावधानी नअपनाइए आगामी दिन पनि वन्यजन्तुमा करेन्ट लागेर ठूलो दुर्घटना हुने क्रम नरोकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ