विदेशबाट फर्केर व्यवसायमा जम्दै चौलागाई, जसले फाईभ स्टारको सेफ छोडेर खोले आफ्नै रेष्टुरेन्ट



काठमाडौ : आवुधावीको पाँचतारे होटलमा लामो समय काम गरेर नेपाल फर्केका दिपक चौलागाईको दैनिकीसँगै काम र जिम्मेवारी पनि फेरिएको छ ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट निवासी चौलागाई शिक्षा र होटल व्यवस्थापनमा स्नातक छन् । नेपालमा खासै राम्रो जागिर नपाएपछि आवुधावी हानिएका चौलागाई त्यहाँ पुगरे होटलमा काम गरे । एक दशक त्यहाँ फाईभ स्टार होटलमा काम गर्दै जादा किचनमा सेफको रुपमा समेत उनले काम गरे ।

त्यहाँ काम गर्दा कमाई राम्रो भएपनि घरतिरको याद आईरहने, सँगै उमेर छदा अर्काको देशमा पसिना किन बगाईरहेको छु ? भन्ने प्रश्नले उनलाई सधै घोचिरह्यो । भन्छन् – उमेर छदा यहाँ पसिना बगाउनुको अर्थ के ? के म आफ्नो देश गएर आफूले जानेको काम गर्न सक्दिन ? भन्ने प्रश्नले मेरो मथिंगल घुमिरह्यो । अन्ततः म नेपालमै फर्केर केही गर्छु भनेर फर्के ।

नेपालमा फर्केर केही समय झम्सिखेलमा होटल द्धारिकाजको शाखा रेष्टुरेन्टमा काम गरे उनले । त्यहाँ पनि उनको मनले मानेन । र , अहिले ललितपुरको सातदोबाटोमा रेष्टुरेन्ट खोलेका छन् । रेष्टुरेन्टको उनले नाम राखे –थकाली किचेन एण्ड सोर्मा हाउस । त्यसपछि उनको जिम्मेवारी र पहिचान फेरियो,कामदारबाट साहु ।

अहिले रेष्टुरेन्टमा बाहिरी काम पनि हेर्छन उनी । र, किचेनको काम पनि गर्छन । उनले रेष्टुरेन्ट खोलेको मात्र तीन महिना भएको छ । पहिला आफैले काम गर्ने चौलागाई अहिले आधा दर्जन कर्मचारी राखेका छन् । उनी भन्छन् –यसलाई चेन रेष्टुरेन्टका रुपमा विकास गर्ने लक्ष्य छ ।

सातदोबाटो आसपास खाना खाने राम्रो रेष्टुरेन्टका रुपमा स्थापित गर्ने लक्ष्य उनको छ । त्यसैले थकाली किचेन नाम राखेर थकाली किचेनसँगै सोर्मा हाउस थपे । सोर्मा मासुलाई राम्ररी पकाएर भित्र राखेर रोलमा राख्ने नयाँ स्वादको खानेकुराको उनले त्यस क्षेत्रमा लोकप्रिय बनाउन कम्मर कसेर लागको छन् ।

जुन सातदोबाटो आसपास यो स्वादको खाना अन्यत्र नपाईने बताउँछन् – उनी । यस रेष्टुरेन्टको नौलो र स्वादिष्ट परिकार हो –सोर्मा अरविक खाना । जुन दिपकले अवुधावीमा काम गर्दा सिकेको खानाको परिकार हो । लामो समय अवुधावीको पाँचतारे होटलमा खाना बनाएको अनुभवी सेफ दिपकले अफिस, घर वा अन्य प्रायोजनका लागि खाना डेलिभरी पनि गर्छन ।

स–साना वैठक, फेमिली ग्यादरिङ गर्न मिल्ने गरी बनाईएको रेष्टुरेन्टमा नेपाली परिवेशको स्वस्थ, मिठो एवं सुविधायुक्त र थकाली खानासँगै नान रोटी पनि खान पाईन्छ । साथै चिकेन तन्दुरी चिल्लि पनि यस रेष्टुरेन्टको अर्को राम्रो परिकार हो ।

विदेशमा गएर सीप सिकेपछि नेपाल फर्केर केही न केही गर्न विदेशमा काम गरिरहेका युवाहरुलाई उनको सुझाव छ । देशमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ व्यवसाय शुरु गरेका चौलागाईले विदेशमा जाने हो भने पनि केही न केही सिप सिकेर मात्र जादा राम्रो हुने बताउछन् ।

चरिकोट दोलखाका युवा व्यवसायी चौलागाई विदेश बसेर नेपाल फर्केपछि आफ्नै व्यवसाय चलाएर अरुका लागि पनि प्रेरणाको स्रोत र अनुकरणीय पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्