आजदेखि मलेसियाका लागि श्रम स्वीकृति खुल्यो



काठमाडौं : मलेसियामा जाने कामदारलाई आजदेखि श्रम स्वीकृति दिन सुरु गरिएको छ। नेपाल र मलेसियाबीच सम्पन्न श्रम सम्झौता अनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला भएको हो ।

अब नयाँ नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

समजदारी पत्र अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, शुरक्षा जाँच शुल्क लगाएतका खर्चहरु सम्बन्धित रोजगार दाताहरुले नै व्यहोर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्