कैलालीमा फेरि १४ वर्षीया बालिकामाथि बलात्कार, आरोपी पक्राउ



सांकेतिक तस्बिर 

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाको वडा नम्बर १ मा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवास नगरपालिका, ७ का १८ वर्षीया किरण बिक रहेका छन्।उनी घोडाघोडी नगरपालिका, १ मा दिदी भिनाजुको घरमा बस्दै आएका थिए।

 

आईतवार विहान बालिकालाई बलात्कार गरेको भन्दै उजुरी आएपछि विकालाई आइतवार दिउँसो नै विकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।

 

पीडित बालिका र बलात्कारको आरोप लागेका विकलाई चेकजाचका लागि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको छ। विकलाई चेकजाचपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिने छ।

प्रतिक्रिया दिनुहोस्